ad ad

कारोबार


कामना सेवाको प्रदेश १ को पाडाजुंगी र बुधवारेमा नयाँ शाखा

कामना सेवाको प्रदेश १ को पाडाजुंगी र बुधवारेमा नयाँ शाखा

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार १४:५७,

कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रूपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं१ को झापा जिल्लाको कमल गाउँपालिका–५, पाडाजुंगी र बुद्धशान्ति गाउँपालिका–१, बुधवारेमा यही जेष्ठ ३० गते आफ्नो ८८औं र ८९औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ।

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो।

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यी शाखा समेत गरि प्रदेश नं १ मा ९ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले बिश्वास लिएको बताए।

बैंकले व्यवसाय बिस्तारको क्रममा नविनतम प्रोडक्ट्हरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८९ वटा शाखा कार्यालयहरु तथा ४० वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .