अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कम्पनीले २०७७ फाल्गुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६-०७७ मा कुल बीमा शुल्क ८८ करोड ४३ लाख १७ हजार २१८ संकलन गरि खुद नाफा चार करोड ५६लाख ३४ हजार ६७१ रहेको र बीमा कोषमा ६ करोड २३ लाख ७२ हजार ६५२ संचित रहेको छ।
यस्तै, अघिल्लो वर्षको तुलनामा कुल बीमा शुल्क संकलनमा ११३.१३ प्रतिशत खुद नाफामा २४७.३९ प्रतिशत, एवं बीमा कोषमा १०४.०८ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ।
साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६।०७७ को तेस्रो वार्षिक प्रतिवेदन पारित गरेको छ।
यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गर्नुका साथै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७।०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ।
समुह 'ख' अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने संचालकमा पानु दत्त पौडेल र सृजना सुवेदी र्निविरोध निर्वाचित भएका छन्।
यसैगरी स्वतन्त्र विज्ञ संचालक विष्णु प्रसाद नेपालको नियुक्तिको अनुमोदन साधारण सभाबाट गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया