ad ad

कारोबार


रियलमीद्वारा ५जी विकासका लागि प्रतिवद्धता घोषणा

रियलमीद्वारा ५जी विकासका लागि प्रतिवद्धता घोषणा

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १५:६,

प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले ५जी विकासकालागि पछिल्लो प्रतिवद्धता घोषणा गरेको छ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा ५जी लाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए। सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रुपमा ५जी कोअपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए।

लीकाअनुसार रियलमीले आफ्नो ५जी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्चप्रदर्शनका साथ तथा ट्रेन्डसेटिङ डिजाइन सहितका सुलभ ५जी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकवर्गमाझ पु-याइसक्ने लक्ष्य लिएको छ। पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका ५जी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ। धेरै भन्दा धेरै प्रयोगकर्ताहरुमाझ उच्चगति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त ५जी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ।

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सातवटा ५जी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोत साधनसहित थप ३ करोड अमेरिकी डलर ५जी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ।

विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रूतगतिमा ५जी नेटवर्कको विस्तार गरिरहेको छ। पहिलो पटक २०१९ जनवरीमा ५जी नेटवर्क सहितको ‘एक्स ५० ५जी’ सार्वजनिक गरे लगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा ५जी सिरिजका स्मार्ट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एकछत्र राज गर्न पनि सफल भएका छन्।

सीईओ लीद्वारा गरिएको गरेको खुला घोषणा पत्र : ‘चुनौतीदेखि उन्नति’ का लागि ५जी अँगिकार
‘महामारीको समयमा प्रविधिमार्फत हामीहरु एक अर्कासँग कुरागर्न र सम्पर्कमा रहनका लागि ५जी प्रविधिको विकासले थप गति दिएको छ। विशेषगरी युवा पुस्ताहरुका लागि कुशल, निर्बाध र एकआपसमा जोडिरहने जीवनशैलीलाई ५जीले सहज बनाएको छ, जुन उनीहरुले गरिरहेको अपेक्षा नै हो। रियलमी युवा पुस्तालाई नयाँ शैलीको प्रविधियुक्त उत्पादन प्रदान गर्न समर्पित भएर लागि परेको छ, रियलमी विश्वास गर्छ कि ५जी जी प्रयोगको तिव्रता ल्याउन यसले मद्दत गर्दछ र यसमा हामी गर्व गर्छौँ । अबको ५जी युगमा हामी यथास्थितिलाई चुनौती दिँदै नयाँ अन्वेशषणको खोज जारी राखी भविष्यका लागि ५जी नेटवर्कको युगनिर्माणमा हामी समर्पित भएर लागेका छौँ।’

५जी स्मार्टफोनको अँगिकार वृद्धि
चीनमा सर्वप्रथम जनवरी २०१९मा रियलमी एक्स५० सिरिजमा ५जी सार्वजनिक गरेयता विश्वमा रियलमीको बजार चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मुख्य कम्पनीका रुपमा रियलमीले ५जी विस्तारका लागि काम गरिरहेको छ, सबै मूल्यका सिरिजहरुमा ५जी नेटवर्क समावेश गरी नेतृत्वदायी कम्पनीका रुपमा रियलमी देखा परेको छ।

‘विगत दुई वर्षमा ५जी नेटवर्कका क्षेत्रमा बलियो प्रतिस्पर्धीका रुपमा देखा परी बजार विस्तारमा रेकर्ड बनाउन हामी सफल भयौँ, यसरी विश्वभर ५जी विस्तार गरी लोकप्रिय बनाउन नेतृत्वदायी कम्पनी हामी बनेकोमा यसमा गर्वान्वित छौँ’ कम्पनीले भनेको छ, ‘आगामी दिनमा फाभइजी विस्तारका लागि लामो यात्रा बाँकी नै रहेको छ, यद्यपि, हामी यसमा महत्वपूर्ण सफलता हाँसिल गर्न निरन्तर लागि रहेका छौँ, ताकी विश्वमा नयाँ पुस्ताका धेरै भन्दा धेरै प्रयोगकर्ता माझ ५जीनेटवर्क पु-याउन सकियोस्।’

‘आगामी दुई वर्षमा हामी आफ्ना ७० प्रतिशत प्रयोगकर्तामाझ ५जी नेटवर्क पु-याउने लक्ष्य सहित अघि बढेका छौँ, विशेषगरी भारत तथा दक्षिण एसिया र युरोपको बजारमा ५जी उत्पादन पु-याउने लक्ष्य हाम्रो रहेको छ। यी क्षेत्रमा ५जी उत्पादनको बजार स्थापित गरिसकेपछि हामी विश्वभरका अन्य हाम्रा ६० वटा बजारमा ५जी विस्तार गर्नेे योजना बनाएका छौँ’ विज्ञप्तिमा भनिएको छ।

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर मुख्य सातवटा ५जी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी १० देखि १५ वटा बजारमा २०२१ सम्म ५जी को नमुना परीक्षण योजना अघि सारेको छ। यसकालागि कम्पनीले ९० प्रतिशत खोज तथा अनुसन्धान स्रोत साधनसहित थप ३ करोड अमेरिकी डलर ५जी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ।

रियलमीका ५जी उत्पादनले नयाँ पुस्ता सशक्तिकरण
डिजिटल समाजमार्फत नयाँ साथी बनाउने विषय वस्तु शेयर गर्ने लगायतका प्रविधि युगपुस्ता (जेनेरेसनजेड् )को संख्या बढ्दो छ । यसैलाई मध्यनजर गरी युवापुस्तालाई विशेष प्राथमिकतामा राखेर रियलमीले उनीहरुको एकआपसमा प्रविधिमार्फत जोडिएको जीवनशैलीलाई अझ स्मृतिजन्य बनाउन स्मार्टफोन र एआईओटी उत्पादनलाई उच्चस्तरीय बनाउन कुनै सम्झौता गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .