ad ad

कारोबार


सांग्रिला बैंकका कर्मचारीलाई अभिमुखीकरण तथा बैंकिङ तालिम

सांग्रिला बैंकका कर्मचारीलाई अभिमुखीकरण तथा बैंकिङ तालिम

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १३:२१,

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ।

वैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो।

कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ।

दुई दिने कार्यक्रमको समापनका अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयम्को तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए।

यसैगरी, उनले यस्ता कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा वृद्धि गर्ने भएकोले यस्ता तालिम कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए।

काठमाडौंकोे बालुवाटारमा सो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका थिए।

तालिमको समापनमा तालिमका सहभागीहरुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नै प्रमाणपत्र प्रदान गरेका थिए।

मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .