ad ad

कारोबार


तपाईंसँग चौथो संस्करणका कतारी रियाल बैंक नोट छन्? छिटो साटिहाल्नुस्

तपाईंसँग चौथो संस्करणका कतारी रियाल बैंक नोट छन्? छिटो साटिहाल्नुस्

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ७:८,

नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोट आफूसँग भए साट्नका लागि अनुरोध गरेको छ।

बैंकको केन्द्रीय कार्यालयस्थित विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै चौथो संस्करणका कतारी रियाल बैंक नोट साट्न आग्रह गरेको हो।

कतारको केन्द्रीय बैंकले आगामी जुलाई १ पछि यी नोटहरु चलनचल्तीबाट हटाउनलागेको भन्दै आफूसँग भएका नोटहरु वैशाख २७ भित्रै साट्न राष्ट्र बैंकले भनेको छ।

सूचनामा भनिएको छ, ‘त्यस्ता नोटहरु २०७८ वैशाख २७ भित्र प्रचलित व्यवस्थाबमोजिम यस बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजत लिएका बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनीचेन्जरबाट सटही गराउन अनुरोध छ।’

उक्त मितिपछि ती नोटहरु सटही गर्न राष्ट्र बैंकलगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेन्जर बाध्य नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

nrb qatari2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .