नेपाल एसबीआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउन्जमा एटीएमको उद्घाटन गरेको छ।
नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
उक्त समारोहमा बैंकका सल्लाहकार छविराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो।
यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया