कारोबार


‘पढाईको नयाँ फण्डा-मेरोस्कुल’ सार्वजनिक

‘पढाईको नयाँ फण्डा-मेरोस्कुल’ सार्वजनिक

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १२:१२,

एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ।

कोभिड १९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको हो।

प्रविधिको युगमा यस्तो विषम परिस्थितीमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यस प्लाटफर्मको विकास गरिएको हो। ‘पढाईको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्नेछ।

के हो मेरोस्कुल?
मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ तपाईले नेपाल सरकारको पाठ्याक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु पाउनु हुनेछ। यसका साथै यहाँ तपाईले पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सक्नुहुनेछ।

यसका भिडिओहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ। यी भिडिओहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन्।

शैक्षिक पाठ्यक्रमका अलावा यहाँ तपाईहरुले डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनि पाउन सक्नुहुनेछ। यस प्लाटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियल भिडियाहरु निःशुल्क हेर्न सकिनेछ।

यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडिओहरु हेरी पढ्न सक्नेछन्।

अफलाइन भ्यूइङ्ग फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफूले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .