सरकारले असार १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेको छ।
बिहीबार बसेको यातायात व्यवस्था विभागको बैठकले सार्वजनिक यातायातमा भाडा वृद्धि गर्ने निर्णय गरेको हो। विभागका प्रवक्ता तीर्थराज खनालले १० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय भएको बताए। उनले मालसामान र यात्रु बोक्ने दुबैथारी सार्वजनिक यातयातमा भाडा बढेको बताए।
प्राविधिक समितिको सिफारिसमा इन्धन र अन्य खर्चलाई तुलना गरेर वैज्ञानिक ढंगले बढाइएको प्रवक्ता खनालले जानकारी दिए।
बढेको भाडा आगामी असार १ गदेदेखि लागू हुने बताइएको छ।
प्रतिक्रिया