आज सेयरबजारमा उछाल आएको छ। २५.७१ अंकले बढेर नेप्से २६५७.६१ विन्दुमा रोकिएको छ।
क वर्गका कम्पनीको कारोबार सूचक सेन्सिटिभ पनि आज ४.३३ अंकले हरियो छ।
२१२ कम्पनी सामेल आजको कारोबारमा एक करोड ८१ लाख कित्ताभन्दा धेरै सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
दिनभरिमा ८९ हजार ८ सय ६० पटकको खरिदबिक्रीसँगै ९ अर्बको सेयर कारोबार भएको हो।
आज कुल बजार पुँजीकरण ३६ खर्ब पुग्नुका साथै तरल बजार पुँजीकरण १२ खर्ब रहेको छ।
नेप्सेका अनुसार १३ समूहमध्ये निर्जीवन बीमाको सूचक ५४३ अंकले बढेको छ भने व्यापार सूचक २०३ अंकले घटेको छ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४७ करोडको सर्वाधिक कारोबार भएको छ। त्यस्तै माथिल्लो तामाकोशीको २८ करोडको, पुनर्बीमा कम्पनीको २६ करोडको, नबिल बैंकको २४ करोडको कारोबार भएको छ।
आज लगानीकर्ताहरुले सर्वाधिक ९.९९ प्रतिशतसम्म कमाउनुका साथै ४.६३ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।

प्रतिक्रिया