ad ad

कारोबार


बिहीबारको सेयरबजारः ४५ करोडको मात्रै कारोबार

बिहीबारको सेयरबजारः ४५ करोडको मात्रै कारोबार

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार ९:५९,

साताको अन्तिम कारोबार दिन सेयरबजार २.९२ अंकले घटेर १२६९.५५ विन्दुमा रोकिएको छ।

बजार कारोबार मापक सूचक मात्रै होइन, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ५४ अंकले घटेको छ। आज १ सय ७० कम्पनीको कारोबार भएकामा १४ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। कारोबार रकम पनि ४५ करोडको मात्रै छ। ११ समूहको कारोबार भएकामा आज होटलबाहेक अन्य सबै समूहको कारोबार सूचक घटेको छ। आज सबैभन्दा बढी कारोबार घट्नेमा निर्जीवन बीमा, जीवन बीमा र उत्पादन समूह रहेका छन्।

आज सगरमाथा इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ। कम्पनीको ३ करोडको सेयर कारोबार हुँदा प्रतिकित्ता सेयर मूल्य १ हजार २ सय ७१ रुपैयाँ छ। त्यस्तै शिवम् सिमेन्टको २ करोड ४६ लाख, प्रभु बैंकको २ करोड ३३ लाख, ग्लोबल आईएमई प्रोमोटर सेयरको १ करोड ७४ लाख र नेपाल बैंकको १ करोड ५९ लाखको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

आज धेरै कमाउने कम्पनीमा आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ता छन्, उनीहरुले ५.२६ प्रतिशत कमाएका छन्। रकमका हिसाबले भने आज नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले १५ रुपैयाँ आम्दानी गरेका छन् भने नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताको हातमा १३ रुपैयाँ प्रतिसेयर आर्जन भएको छ। गुमाउनेमा भने आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ता अगाडि परेका छन्।

उनीहरुले प्रतिसेयर ४.६८ प्रतिशत गुमाएका छन्। रकमका हिसाबले आज जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले धेरै गुमाउनुपरेको छ। कम्पनीका सेयरधनीले प्रतिसेय ६९ रुपैयाँ गुमाउँदा उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले ३१ र सगरमाथा इन्स्योरेन्स कम्पनीका सेयरधनीले ४६ रुपैयाँ गुमाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .