ad ad

कारोबार


अहिले उद्योगहरुलाई सुविधा दिने समय होः पशुपति मुरारका (भिडियो वार्ता)

अहिले उद्योगहरुलाई सुविधा दिने समय होः पशुपति मुरारका (भिडियो वार्ता)

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार ९:१३,

अर्घाखाँची सिमेन्ट उद्योगले भर्खरै पीपीसी सिमेन्ट पनि बजारमा ल्याएको छ।

 पहिले ओपीसी सिमेन्ट बेच्दै आएको कम्पनीले पीपीसी सिमेन्ट उत्पादनसँगै भारतीय बजारसम्म पु¥याउने लक्ष्य राखेको छ। यो कतिको सम्भव होला त? यसै सन्दर्भमा नेपालखबरसँग कम्पनीका निर्देशक पशुपति मुरारकाले गरेको भिडियो कुराकानीको सम्पादित अंशः 

अर्घाखाँची सिमेन्ट उद्योगले बजारमा ल्याएको नयाँ सिमेन्टबारे बताइदिनुहोस्!

अर्घाखाँचीको पहिले ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएको थियो। अब पीपीसी सिमेन्ट पनि उत्पादन गर्न थालिएको हो। ओपीसी भनेको साधारणतया ढलान छिटो लाग्ने सिमेन्टको रुपमा लिइन्छ। यसमा क्लिङ्कर र जिम्सन मात्रै मिसावट हुन्छ भने साधारण घरहरु बनाउँदा प्रयोग गर्ने सिमेन्टचाहिँ पीपीसी सिमेन्ट हो। यसमा ओपीसीमा प्रयोग हुने कच्चा पदार्थमा थप कोइलाको धूलो पनि मिसावट हुन्छ। अब हामी दुवै किसिमका सिमेन्ट उत्पादन गर्न थालेका छौं।

यी दुई सिमेन्टको मूल्यमा कस्तो फरक पर्छ? 
ओपीसीभन्दा पीपीसी केही सस्तो हुन्छ। १४/१५ प्रतिशतजतिको हाराहारीमा यो सिमेन्ट सस्तो हुन्छ। सात सय रुपैयाँ ओपीसीको रहेको छ भने पीपीसीको ६ सय रुपैयाँ हाराहरीमा पर्ने भयो। अरु यिनीहरको फरक हेर्न हो भने पीपीसीमा पानी थोरै प्रयोग गर्दा पनि हुन्छ। उपत्यका लगायत अन्य स्थानमा पानीको अलि असुविधा नै रहेको छ। त्यसकारण यसको प्रयोग अलि फलदायी नै हुन्छ। अर्को कुरा ‘स्टे«न्थ’मा भने दुवै उस्तै हुन्। विशेषगरी इन्जिनियरहरुमा भर पर्छ। कसैले कुन प्रयोग गर्न सिफरिस गर्छन्, कसैले कुन। बनावटको तरिकामा पनि यिनीहरुको प्रयोग निर्धारण हुन्छ।

तपाईंको उद्योगको उत्पादनचाहिँ कति छ? 
हाम्रो आफ्नै चुन ढुंगा खानी छ। आफैँ क्लिङ्कर उत्पादन पनि गर्छौं। त्यस हिसाबमा हामी अहिले ३० हजार बोरा उत्पादन गर्ने क्षमता राख्छौं। यो ओपीसीको कुरा हो। अब हामीले उत्पादन सुरु गरेको पीपीसी पनि छुट्टै लाइनबाट उत्पादन हुने हो। क्षमताको हिसाबले त अब दुवै बराबरी उत्पादन एक साथ गर्न सक्छौँ।

उत्पादनसँगै गुणस्तरलाई कसरी मिलाउनुहुन्छ? 
मैले अघि पनि भनेँ सिमेन्टलाई चाहिने कच्चा पदार्थ उत्पादन गर्ने कम्पनी पनि आफँैसँग रहेको छ। आफ्नै कम्पनी भएकोले उत्पादन र गुणस्तरमा एकरुपमा आउँछ। सिमेन्ट उत्पादन गर्ने पनि दुई÷तीन वटा तरिकाहरु हुन्छन्। एउटा वल्बिङ हो, यो अलि पुरानो प्रविधि हो। अर्को भीआरएम प्रविधि हुन्छ। हामीले भीआरएम नै प्रयोग गर्दै आइरहेका छौं। यसले अरुभन्दा बढी मसिनो बनाउँछ। सिमेन्टमा स्ट्रेन्थको कुरा गर्ने हो भने जति मसिनो भयो त्यति नै राम्रो मानिन्छ। भीआरएम प्रविधिको रोलनले एक दमै मसिनो बनाउँछ।

नेपालमा सिमेन्ट उत्पादन बढिरहेको छ, बजारको समस्या पर्दैन?
अर्घाखाँचीले विगत ५ वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। हाम्रो नाम स्थापित भइसकेको छ। अहिले हाम्रो ग्राहक भनेको उनै हुन्, जसले ओपीसी प्रयोग गर्दै आएका छन्। पीपीसी पनि उनीहरुले नै उपभोग गर्छन्। अर्को महत्वपूर्ण कुरा भनेको सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निकासीजन्य वस्तुमा सिमेन्ट पनि राखेको छ। अहिले नै निर्यात गर्न नसकिएला तर केही समयपछि भारतमा निर्यात गर्न हामी सक्षम हुनेछौं। हाम्रो महत्वपूर्ण बजारको रुपमा भारत रहन्छ।

भारतमा निर्यात गर्नलाई के–के चुनौती देख्नुहुन्छ? 
तपाईले महत्वपूर्ण कुरा गर्नुभयो। भारतभन्दा अहिले नेपालको सिमेन्ट उत्पादनको लागत हेर्ने हो भने केही बढी नेपालको नै देखिन्छ। बजार भनेको प्रतिस्पर्धी हुन्छ। हामीले भारतमा गएर प्रतिस्पधत्र्रा गर्न सक्नु पर्छ। सिमेन्ट उद्योगको कुरा गर्ने हो अथवा यसको प्रमुख लागतको कुरा गर्ने हो भने बिजुली मुख्य अंग हो। नेपाल एक÷डेढ वर्षमा नै बिजुली निर्यात गर्ने देशमा जानेछ। यो सकारात्मक कुरा हो। मैले धेरै पहिलेदेखि भन्दै आएको छु। जुन रेटमा अब नेपालले बिजुली निर्यात गर्छ, त्यही रेटमा निर्यातमा केन्द्रित भएका सिमेन्ट उद्योगलाई दिनुपर्छ।

सरकारले बिजुली दिँदा तपाईंहरुको योगदान के हुन्छ?

अहिलेको उत्पादनलाई नै आधार मान्ने हो भने एक टन बिजुली उत्पादन गर्न एक सय १० युनिट बिजुली आवश्यक पर्छ। यसरी हेर्दा प्रतियुनिट बिजुली १० रुपैयाँ हामीले नै तिर्नुपर्छ। अब सरकारले भारतलाई वा अन्य मुलुकलाई बिजुली बेच्ने हो भने प्रतियुनिट ५ रुपैयाँमा मात्रै बेच्ने हो। त्यसकारणले गर्दा आगामी दिन सरकारले विदेश निर्यात गर्ने बिजुली हामीलाई दिने हो भने हामी उत्पादनको लगात कम गर्न सक्छौं। म मात्रै होइन अन्यले पनि यस्ता उद्योगमा लगानी विस्तार गरी निर्यात गर्न सक्छन्। अब सरकारले सोच्नुपर्ने कुरा के हो भने बिजुली बेच्ने कि बिजुली उद्योगलाई दिएर सिमेन्ट बेच्ने। त्यस्तै कोइला लगायतका कच्चा पदार्थ आयातमा सकारले केही छुट दिने हो भने हामी सिमेन्टमा धेरै फड्को मार्न सक्छौं। नेपालले अहिले नै उत्तरप्रदेश र बिहारमा निर्यात गर्न सक्छ। प्रमुख कच्चा पदार्थ चुनढुंगा नेपालमा नै भएकोले नेपाल सिमेन्ट उद्योगबाट नै परिचित पनि हुनसक्छ। यस विषयमा सरकारले सोच्नुपर्ने देखिन्छ।

सिमेन्ट उद्योगले भोग्नुपरेका समस्याहरु के–के छन्?
खानीको समस्या प्रमुख हो। चुनढुंगा खानी सरकारले सहज रुपमा सञ्चालन हुने उद्योगहरुलाई दिन सक्नुपर्छ। अर्को कुरा भनेको जग्गा भोगाधिकारको छ। कुनै उद्योगले आफ्नो पैसाले जग्गा खरिद गर्यो। उद्योग सञ्चालन गर्न सक्ने हो भने पनि त्यो जग्गा स्वतः राज्यलाई दिनुपर्ने व्यवस्था छ। त्यस्तै वनको समस्या छ। वन जोगाउनुपर्छ नै तर उद्योग पनि सञ्चालन गर्नुपर्छ। यसलाई जटिलभन्दा पनि सहज हुने गरी सरकार अघि बढ्नुपर्छ। यो सहजीकरण गर्दा राज्यको कुनै लागत नै पर्दैन। अर्को पक्ष भनेको कुनै उद्योग स्थापना गर्न राज्यको पनि लगानी रहेको हुन्छ। उद्योगसम्म पूर्वाधार पु¥याएको हुन्छ। त्यसमा अर्बौँ रुपैयाँ लागेको हुन्छ। त्यो राज्यले पनि असुल गर्नुपर्छ। त्यो केबाट गर्नेभन्दा करबाट नै हो। उद्योगहरुले धेरै उत्पादन गरे उद्योगको विकास भएमा मात्रै धेरै कर आउने हो। राज्यको लगानीको लागि पनि अहिले उद्योगहरुलाई केही सुविधा दिने समय हो।

प्रस्तुति: दीपक भट्ट/भिडियाे: प्रविन काेइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .