ad ad

कारोबार


अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाइदिने

अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाइदिने

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ८:१२,

नेपालकै सबैभन्दा ठूलोमध्येको एक सिमेन्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ।

कम्पनीले लगभग एक करोड रुपैँया बराबरको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सोमबार शिलान्यास गरेका छन्।

निर्माणपश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शय्याको अस्पताल सञ्चालन गर्नेछ। कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए।

“यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ”, अग्रवालले भने, “तसर्थ, यस क्षेत्रमा स्वास्थ्य सेवाको अभाव खड्किएकाले सोलाई परिपूर्ति गर्नका लागि स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं।”

siyari arghakhachi2

अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धीत गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीको उद्देश्य रहेको छ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको जानकारी दिए। उनले भने, “यस स्वास्थ्य केन्द्रलाई ५ शय्याको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछौँ।”

सियारी गाउँपालिकामा सिमेन्ट उत्पादन केन्द्र रहेको यस कम्पनीले बिगतमा पनि यस गाउँपालिका तथा आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विविध किसिमका पूर्वाधारको विकासमा सघाउ पु¥याउँदै आइरहेको छ।

यसै वर्षको बैशाख महिनामा पनि कम्पनीले प्रदेश ५ सरकारद्वारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैँया तथा सियारी गाउँपालिकाका लागि दुई लाख रुपैँया बराबरको नगद सहयोग प्रदान गर्नुका साथसाथै कम्पनीको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालीका – तिनाउँ गाउँपालीका र मचागढी गाउँपालिकाका विपन्न वर्गका घरपरिवारका लागि करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री बितरण गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .