ad ad

कारोबार


खुकुरी रमले लन्डनमा जित्यो स्वर्णपदक, यसै वर्षदेखि अमेरिकामा पनि उपलब्ध हुने

खुकुरी रमले लन्डनमा जित्यो स्वर्णपदक, यसै वर्षदेखि अमेरिकामा पनि उपलब्ध हुने

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ६:४१,

नेपाली मदिरा ‘खुकुरी रम’ले यस वर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ। त्यस्तै यसै वर्षदेखि यो मदिरा अमेरिकामा पनि उपलब्ध हुने भएको छ।

नेपाल डिस्टिलरिजका कार्यकारी निर्देशक के के चुरिवालाले खुकुरी रमले आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोशेढुंगा थपेको जानकारी दिए।

उनले भने, ‘नेपालको आफ्नै मौलिकमदिरा खुकुरी रम लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित हुन सफल हुनु हाम्रो कडा मिहिनेत एवं प्रयासको प्रतिफल हो।’

वेभरेज ट्रेड नेटवर्कले यो अन्तर्राष्ट्रिय मान्यता दिएको कम्पनीले जनाएको छ। हालको महामारीले उत्पन्न गरेको मन्दी चरणको दौरानमा यो सफलताले छुट्टै गौरव प्रदान गरेको कम्पनीको भनाइ छ। कम्पनीले यसलाई देशकै सफलताको रुपमा लिएको बताउँदै उनले कम्पनीसँग आबद्ध हरेक वितरकहरु र डिलरहरु र उपभोक्ताहरुका साथसाथै सम्पूर्ण नेपालीहरु सबैको लागि जित भएको दाबी गरेको छ।

नेपाल डिष्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले खुकुरीले आफ्नो उत्पादनको समयदेखि नै विश्वबजारमा आफ्नो उपस्थितिको झण्डा गाड्न भरमग्दूर प्रयास गर्दै आइरहेको बताए।

उनका अनुसार खुकुरी रम हाल विश्वका १३ देशहरुमा उपलब्ध छ र यो संख्या अझ बढाउने लक्ष्यका साथ काम भइरहेको छ।

‘हामी चाँडै नै अवसरहरुको भूमि भनेर चिनिने संयुक्त राज्य अमेरिकामा पुनः प्रवेश गर्दै छौँ भन्ने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त गर्व लागेको छ’, लामिछानेले भने, ‘हामीले भनेजस्तै खुकुरी रम बोकेको जहाज यसको मार्गमा अघि बढिरहेको छ। यी दुवै कोशेढुंगाले विद्यमान विश्वव्यापी महामारीको बीचमा पनि कम्पनीको लागि ठूलो फड्को साबित भएको छ।’

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको प्रशाीसत ब्राण्डहरुमध्येको एक हो। यसको गुणस्तर उही उस्तै सर्वश्रेष्ठ रहँदै आएको कम्पनीको भनाइ छ।

नेपाल डिष्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो। खुकुरी रम ब्राण्डले सन् १९५९ देखि नै बजारमा आफ्नो आधिपत्य कायम गर्दै आएको छ।

साथै कम्पनीले ‘गर्वका साथ नेपाली’ शीर्षकमा विभिन्न सफलताका कथाहरु पस्किँदै जाने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .