ad ad

कारोबार


अमेरिकाले चिनियाँ वस्तुमाथि लगाएको कर अन्तर्राष्ट्रिय व्यापार कानुनविपरीत : विश्व व्यापार संगठन

अमेरिकाले चिनियाँ वस्तुमाथि लगाएको कर अन्तर्राष्ट्रिय व्यापार कानुनविपरीत : विश्व व्यापार संगठन

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ८:४०,

विश्व व्यापार संगठनले अमेरिकाले सन् २०१८ मा चिनियाँ वस्तुमाथि लगाएको कर संगतिपूर्ण नदेखिएको जनाएको छ। उक्त भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय व्यापार नियमअनुसार नरहेको डब्लुटीओले ठहर गरेको हो।

साथै उसले अमेरिकाले प्रविधि चोरीलगायत चीनमाथि लगाएको आरोपमा कुनै प्रमाण पनि दिन नसकेको बताएको हो। चिनियाँ अधिकारीहरुले विश्व व्यापार संगठनको यस्तो निर्णयको स्वागत गरेका छन्। तर अमेरिकाले भने डब्लुटीओले चीनमाथि नरम भएको भन्दै पछिल्लो निर्णयमा आपत्ति जनाएको छ।

अमेरिकाका वरिष्ठ व्यापार सहजीकर्ता तथा डब्लुटीओका लागि दूत रोबर्ट लाइथाइजरले गलत व्यापार अभ्यास रोक्न अमेरिकालाई दिनुपर्ने बताए। उनले आफूहरुले यसका प्रमाण दिए पनि डब्लुटीओले चीनलाई छुट दिएको बताए। सन् २०१८ मा ट्रम्प प्रशासनले ३ खर्ब डलरभन्दा बढीका चिनियाँ वस्तु आयातमा कर बढाएको थियो। सोसँगै चीनले विश्व व्यापार संगठनमा उजुरी गरेको थियो।

अमेरिकाले आफ्नो प्रविधि चीनले चोरेको, कम्पनीहरुलाई व्यापार नीतिविपरीत सब्सिडी (अनुदान सहुलियत) दिएको र गलत व्यापार अभ्यास गरेको आरोप लगाउँदै आएको छ। चीनले भने अमेरिकी निर्णयको विरोध गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .