ad ad

कारोबार


सुनको मूल्य १ लाख नाघ्यो

सुनको मूल्य १ लाख नाघ्यो

नेपालखबर
साउन २१, २०७७ बुधबार ६:७,

सुनको मूल्य १ लाखभन्दा माथि पुगेको छ। छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार १ हजार ६ सय रुपैयाँ बढेको हो।

मंगलबार ९९ हजार ८ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। बुधबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन झण्डै २ हजार डलर प्रतिऔँस पुगेको छ। खासगरी कोरोना महामारी र चीन–अमेरिका तनाव बढ्दा त्यसको असर सुनमा परेको हो। नेपालमा नयाँ बजेटयता निरन्तर बढिरहेको सुन साउन लागेयता बढेको बढ्यै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .