ad ad

कारोबार


कोरोना संकटका बीच मूल्य, बाह्य क्षेत्र तथा वित्तीय स्थायित्व कायमः यस्ता छन् आगामी मौद्रिक नीतिका मुख्य प्राथमिकता

कोरोना संकटका बीच मूल्य, बाह्य क्षेत्र तथा वित्तीय स्थायित्व कायमः यस्ता छन् आगामी मौद्रिक नीतिका मुख्य प्राथमिकता

नेपालखबर
असार २९, २०७७ सोमबार ७:९,

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व महामारी कोरोना संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाइराख्ने हिसाबले आगामी मौद्रिक नीति ल्याउनलागेको बताएका छन्।

आज संघीय प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा गभर्नर अधिकारीले कोरोना संकटकै बीच आउनलागेको मौद्रिक नीतिमा मूल्य, बाह्य क्षेत्र तथा वित्तीय स्थायित्व कायम रहने गरी अर्थतन्त्र चलायमान बनाउने दिशामा अगाडि बढ्ने गरी आवश्यक व्यवस्था गरिने जानकारी दिएका हुन्।

उनले भने, ‘शीघ्र आर्थिक पुनरुत्थानको लागि वित्तीय साधनको उपलब्धता बढाउने दिशामा मौद्रिक नीति केन्द्रित रहनेछ।’

मौद्रिक नीति तर्जुमा गर्दा विभिनन क्षेत्रको राय तथा सुझावलाई मध्यनजर गरिने पनि उनको भनाइ छ। गभर्नर अधिकारीका अनुसार मौद्रिक नीति बनाउँदा सरकाराके १५औँ योजना वित्तीय क्षेत्र विकास रणनीति, आव २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट, बैंकको तेस्रो रणनीतिक योजनासँग सामन्जस्यता कायम गरिनेछ।

यसबाहेक आगामी मौद्रिक नीतिले सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक तथा कर्जा व्यवस्थापन गर्नेछ। त्यस्तै आन्तरिक उत्पादन तथा रोजगारी प्रवर्द्धन हुने र उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्न जोड दिइने उनले बताए।

त्यस्तै, मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा जोखिम नआउने गरी वित्तीय सहजीकरण गर्ने दिशामा समष्टिगत विवेकशील नियमनका उपाय अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

वित्तीय मध्यस्थता लागत क मगर्न वित्तीय सुदृढीकरणका उपायहरुको रुपमा अवलम्बन गरिँदै आएको मर्जर तथा प्राप्तिलाई थप गति दिनेपर्ने अवस्था रहेको गभर्नर अधिकारीले बताए।
त्यस्तै, डिजिटाइजेसनमार्फत नगदमा हुने कारोबार न्यूनीकरण गर्नु मौद्रिक नीतिको प्राथमिकता हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .