सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा संगित क्षेत्रमा आवद्व भएका विभिन्न व्यत्तित्वहरुलाई सहयोग गरेको छ।
नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा कलाकर्मीलाई खाद्यान्न उपलब्ध गराइएको बैंकले जनाएको छ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यस विषम परिस्थितिमा मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ।
3
Shares
प्रतिक्रिया