कारोबार


वैशाखसम्म भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स

वैशाखसम्म भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १८:१४, काठमाडौँ

चालू आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४१.२ प्रतिशतले बढेको छ। साउनदेखि वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड भित्रिएको हो। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो। २०८३ वैशाख महिनामा विप्रेषण आप्रवाह २५७ अर्ब ४९ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१६५ अर्ब ३० करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,३५,५१० र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या ३,२६,३६४ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४,०५,६१० र २,८०,३१४ रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad