युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ। कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ७ प्रतिशतले हुने ८ करोड ६१ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्तावमा निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ छ। साथै उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशतले हुने ४५ लाख ३३ हजार ४ सय २१ रुपैयाँ नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ।
गत चैत २२ मा बसेको सञ्चालक समिति बैठकमा यी दुई प्रस्ताव छुट हुन गएको थियो।
51
Shares

प्रतिक्रिया