विद्युत् नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति प्रदान गरेको छ। कम्पनीले १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्नलागेको हो।
यसका लागि आयोगमा निवेदन दिएकामा आयोगले यही वैशाख ३ गते उक्त रकमबराबरको हकप्रद निष्काशन गर्न बाटो खोलिदिएको हो।
उक्त निष्काशनपछि १ अर्ब रुपैयाँ कम्पनीले जलविद्युत् आयोजना निर्माण गर्दा लिएको ऋण भुक्तानी गर्नेछ भने ९४ करोड ७९ लाख रुmपैयाँ ३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी काबेली इनर्जी लिमिटेडमा लगानी गर्नेछ।
आयोगले विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ को दफा ९ अनुसार सशर्त अनुमति दिएको हो।
उक्त हकप्रद पहिलो चरणमा संस्थापक सेयरधनी र दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन हुनेछ। उक्त कम्पनीको चुक्ता पुाजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १ सय रुपैयाँ छ। कम्पनीले १ः०.५ अनुपातमा हकप्रद निष्काशन गर्नेछ।
Shares

प्रतिक्रिया