कारोबार


उद्योग वाणिज्य महासंघले बोलायो कार्यकारिणी समितिको बैठक, २२ गते निर्वाचन

उद्योग वाणिज्य महासंघले बोलायो कार्यकारिणी समितिको बैठक, २२ गते निर्वाचन

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १८:५४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समितिको बैठक बोलाएको छ।

महासंघको ६०औँ वार्षिक साधारण सभाको सम्बन्धमा छलफल गर्नका लागि बैठक बोलाइएको महासंघका महानिर्देशक गोकर्ण राज अवस्थिले जानकारी दिए। 

कार्यकारिणी समितिको बैठक वैशाख २० गते दिउँसो १ः३० बजे होटल रोयल टुलिपमा बस्ने भएको छ। 

चन्द्र ढकाल अध्यक्ष रहेको महासंघ कार्यसमितिको यो अन्तिम बैठक हो।  

महासंघले ६०औँ वार्षिक साधारण सभा वैशाख २१ गते आयोजना गर्न लागेको छ। यसअघि चैत २९ र ३० गतेको लागि तय भएको साधारण सभा उच्च अदालत पाटनको आदेशले स्थगित भएको थियो। 

महासंघले आगामी साधारण सभामा पेस हुने स्वागत तथा सम्बोधन मन्तव्य र निर्वाचनको कार्यक्रमको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएको बताइएको छ।

महासंघको ६०औँ साधारणसभाको उद्घाटन पनि होटल रोयल टुलिपमै हुने र निर्वाचन कार्यक्रम भने वैशाख २२ मा प्रज्ञा भवनमा हुने महासंघले जनाएको छ।  

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad