कारोबार


निगमको आज र भोलिका लागि तय दुबई र दोहा उडान रद्द

निगमको आज र भोलिका लागि तय दुबई र दोहा उडान रद्द

नेपालखबर
फागुन १८, २०८२ सोमबार १४:६, काठमाडौँ

नेपाल वायुसेवा निगमका कतार र यूएईका आज र भोलिका लागि तय गरिएका उडान पनि रद्द भएका छन्। 

१८ र १९ गतेका लागि तय गरिएका काठमाडौं–दुबई–काठमाडौं (आरए २२९/२३०) र काठमाडौं–दोहा–काठमाडौं (आरए २३९/२४०) उडान रद्द भएको निगमले जनाएको हो। 

दोहा, दुबई र दमाममा हुने आगामी दिनको उडानबारे पनि निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थलमा आउन यात्रुलाई विमानस्थलमा आउन निगमले अनुरोध गरेको छ। 

थप जानकारीको लागि निगमको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रुपमा अवलोकन गर्न अनुरोध गरिएको छ। 

अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९ वा ९८५१४२२१५६ मा सम्पर्क गर्न सकिने निगमले जनाएको छ। 

अमेरिका र इजरायलले इरानविरुद्ध गरिरहेको आक्रमणका कारण मध्यपूर्व तनावग्रस्त बनिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad