कारोबार


दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल नयाँ दिल्लीमा आयोजना हुने

दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल नयाँ दिल्लीमा आयोजना हुने

नेपालखबर
माघ २६, २०८२ सोमबार १६:५५, काठमाडौँ

एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (ईसीसीआई) ले द्विपक्षीय व्यापार बढाउँदै जनतालाई जोड्ने मूल नारासहित दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ आयोजना गर्ने भएको छ। 

उक्त फेस्टिभल आगामी २० देखि २२ फेब्रुअरी २०२६ सम्म नयाँ दिल्लीस्थित पीएचडी हाउसमा आयोजना हुने भएको हो।

यो प्रतिष्ठित फेस्टिभल एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज द्वारा नेपाल दूतावास, नयाँ दिल्ली, नेपाल पर्यटन बोर्ड, तथा ट्रेड एण्ड एक्सपोर्ट प्रमोशन सेन्टर (टीईपीसी) नेपालको सहकार्यमा आयोजना गरिन लागेको हो।

पहिलो संस्करणको उल्लेखनीय सफलतापछि, इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ ले भारत र नेपालबीचको द्विपक्षीय व्यापार, लगानी, पर्यटन, सांस्कृतिक आदान–प्रदान तथा जन–जनबीचको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य लिएको छ। यस वर्षको विषयवस्तुले दिगो आर्थिक विकास र दीर्घकालीन क्षेत्रीय सहकार्यका लागि मानवीय सम्बन्धलाई आधारशिलाका रूपमा प्रस्तुत गर्नेछ।

फेस्टिभलको एक प्रमुख आकर्षणका रूपमा नेपाल सरकार तथा भारत सरकारका क्याबिनेट स्तरका मन्त्रीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ, जसले इन्डो–नेपाल आर्थिक सहकार्य, नीतिगत संवाद तथा सीमापार साझेदारीको रणनीतिक महत्त्व लाई थप उजागर गर्नेछ।

सांस्कृतिक तथा अनुभवात्मक विशेष आकर्षण
व्यापार तथा व्यवसायिक गतिविधिहरूका अतिरिक्त, फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित गायक–गायिका तथा कलाकारहरूद्वारा प्रस्तुत भव्य सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ, जसले नेपाल तथा क्षेत्रको समृद्ध संगीत र सांस्कृतिक विरासतलाई प्रस्तुत गर्नेछ।

त्यसैगरी, आगन्तुकहरूले परम्परागत नेपाली खानाका स्वादहरू अनुभव गर्न पाउनेछन्। विशेष रूपमा सजाइएका फुड स्टलहरूमा नेपाली परिकारहरू उपलब्ध गराइनेछ, जसले फेस्टिभलको जन–केन्द्रित दृष्टिकोणलाई अझ जीवन्त बनाउनेछ।

फेस्टिभलका प्रमुख विशेषताहरूमा बीटुबी तथा बीटुजी बैठकहरू, व्यापार, लगानी तथा एमएसएमई प्रदर्शनी, पर्यटन, आतिथ्य तथा वेलनेस प्रवर्द्धन, स्टार्ट–अप तथा नवप्रवर्तन प्रदर्शनी, नीतिगत संवाद तथा विशेषज्ञ प्यानल छलफल, उच्चस्तरीय सांस्कृतिक प्रस्तुतिहरू
र परम्परागत नेपाली खानाको विशेष अनुभव रहेका छन्।

एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (ईसीसीआई) का अध्यक्ष युवराज बरालले फेस्टिभललाई व्यापार, संस्कृति, पर्यटन र कूटनीतिलाई एकीकृत गर्ने समग्र इन्डो–नेपाल प्लेटफर्म का रूपमा परिकल्पना गरिएको बताए। 

दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ मा अग्रणी कर्पोरेट संस्था, एमएसएमईहरू, निर्यातकर्ता–आयातकर्ता, लगानीकर्ता, पर्यटन क्षेत्रका सरोकारवाला, स्टार्ट–अप, कूटनीतिज्ञ, नीतिनिर्माता, सञ्चारमाध्यम तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। यसले यस वर्षकै सबैभन्दा व्यापक इन्डो–नेपाल द्विपक्षीय कार्यक्रमहरूमध्ये एक बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad