कारोबार


नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी भरतपुरमा आयोजना हुँदै

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी भरतपुरमा आयोजना हुँदै

नेपालखबर
पुस १५, २०८२ मंगलबार १७:३४, काठमाडौँ

कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिले विगतका वर्षहरुझैँ यस वर्ष पनि कृषिसम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रदर्शनी ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आगामी माघ २ देखि ४ गतेसम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गर्ने भएको छ।  

आयोजना हुन गइरहेको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहनेछन्।

यस प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम, र वित्तीय सुविधाहरुका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ।

उक्त प्रदर्शनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ।

यस अन्तराष्ट्रिय प्रदर्शनिको लागि सीमित स्टलहरु बाँकी रहेको छ साथै स्टल बुकिङ्ग तिब्र गतिमा भइरहेको छ।

निःशूल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना औजार, देखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ।

उक्त प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ।

यस अन्तराष्ट्रिय प्रदर्शनीमा प्रबद्र्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्राल, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ भने सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउ“पालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, र चितवन उद्योग संघ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad