ad ad

कारोबार


तपाईंको झ्यालबाट कस्तो देखिन्छ? तस्बिर पठाउनुहोस्, उत्कृष्ट ठहरिए पुरस्कार पाउनुहुनेछ

तपाईंको झ्यालबाट कस्तो देखिन्छ? तस्बिर पठाउनुहोस्, उत्कृष्ट ठहरिए पुरस्कार पाउनुहुनेछ

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १०:३०,

नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ।

लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले प्रतियोगिता आयोजना गरेको हो।

नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि, गाउँ घर वा अन्य सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिने बोर्डले जानकारी दिएको छ।

प्रतियोगितामा भाग लिनेले फोटो नेपाल डट ट्राभलमा आफ्नो आफूले खिचेको फोटो पठाउनुपर्नेछ। सहभागीहरुले आगामी जेठ १८ सम्म फोटोहरु पठाइसक्नुपर्ने बोर्डले जनाएको छ।

सहभागीहरुमध्ये उत्कृष्ट पाँच फोटोले पुरस्कार पाउनेछन्। प्रत्येक फोटोको दश हजार रुपैयाँ पुरस्कार रहेको छ। बोर्डले देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई साथ दिन भनेको छ।

नेपाल पर्यटन बोर्डले चार वर्षदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित फोटो प्रदर्शनी गर्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .