ad ad

कारोबार


नेपालको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत, होटल क्षेत्र माइनस १६ मा रहने

नेपालको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत, होटल क्षेत्र माइनस १६ मा रहने

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १०:२२,

केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत कायम रहने बताएको छ।

आज सार्वजनिक गरेको रिपोर्ट कोरोना संक्रमणको कारण ८ दशमलव ५ प्रतिशतको लक्ष्य घटेर २ दशमलव २७ प्रतिशत रहने भएको हो।

कृषि क्षेत्रको वृद्धि २ दशमलव ५९ प्रतिशत, उद्योगको वृद्धिदर माइनस २ दशमलव २७ निर्माण क्षेत्र माइनस ० दशमलव ३१ प्रतिशत र होटल रेष्टुरेन्ट क्षेत्रमा माइनस १६ दशमलव ३० प्रतिशतको वृद्धिदर कायम रहने जानकारी दिएको हो।

चालू आर्थिक वर्षमा कुन क्षेत्रको योगदान कति?
अर्थतन्त्रको प्राथमिक क्षेत्रको वृद्धि २८ दशमलव २ प्रतिशतको रहनेछ। यो क्षेत्रमा गत वर्षको तुलनामा २ दशमलव ५४ प्रतशितले बढेको हो। यो क्षेत्रअन्तर्गत कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन पर्दछ।

द्वितीय क्षेत्रको योगदान १३ दशमलव ७२ प्रतिशतमा कायम हुनेछ। यो गत वर्षको तुलनामा ३ दशमलव ३६ प्रतिशतले बढ्ने भएको हो।

तथ्यांक विभागले अर्थतन्त्रमा विभागले गरेको अर्को क्षेत्र सेवा क्षेत्र हो। यसमा थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियलस्टेट, व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्छ। यसको योगदान ५४ दशमलव ०८ प्रतिशत कामय रहनेछ।

योअन्तर्गत पनि होटल तथा रेष्टुरेन्टको योगदान १ दशमलव ४१ प्रतिशत छ। यसपालि यस क्षेत्रको वृद्धिदर १६ दशमलव ३ प्रतिशतले ऋणात्मक हुनेछ। यातायात तथा सञ्चार पनि २ दशमलव ४५ प्रतिशतले ऋणात्मक हुने देखिएको तथ्याङ्क विभागले बताएको हो।

नेपालीको वार्षिक आम्दानी ४६ डलरले बढ्ने
चालू आर्थिक वर्षको ८ महिना पूरा भए पनि कोरोनाको प्रभाव नेपालमा पनि देखिन थालेको थियो। जसको कारण नेपालको अर्थतन्त्र निकै कमजोर बनेको र आर्थिक वृद्धिदर को ८ दशमलव ५ प्रतिशतको लक्ष्य रहेपछि २ दशमलव २७ प्रतिशतमा कायम रहने भएको छ।

तर नेपालीको आम्दानीमा भने गिरावट नआउने तथ्याङ्क विभागको प्रक्षेपण छ। विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ हजार ५ डलर अथवा १ लाख २६ हजार १ रुपैयाँ वर्षिक आम्दानी नेपालीको रहनेछ। गत वर्ष नेपालीको वर्षिक आम्दानी १ हजार ३९ डलर रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .