ad ad

कारोबार


स्पाइस जेट एयरलाइन्सले पाइलटलाई अप्रिल र मेको तलब नदिने

स्पाइस जेट एयरलाइन्सले पाइलटलाई अप्रिल र मेको तलब नदिने

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ८:३,

भारतको स्पाइस जेट एयरलाइन्सका पाइलटले अप्रिल र मे महिनाको तलब नपाउने भएका छन्। कोभिड १९ का कारण उडान ठप्प हुँदा पाइलटलाई २ महिनाको तलब दिन नसक्ने एयरलाइन्ले बताएको हो।

तर अप्रिल र मे महिनामा कार्गो उडान गरेका पाइलटले भने पारिश्रमिक पाउनेछन्। लकडाउनपछि १६ प्रतिशत मात्रै उडान भएको र २० प्रतिशत पाइलटले उडान भरिरहेको एयरलाइन्सले बताएको छ।

एयरलाइन्सले आफ्ना कर्मचारीलाई बेतलबी विदामा घर पठाएको छ। भारतमा लकडाउन मे ३ सम्म भनिए पनि उडान कहिले खुल्ने जानकारी दिइएको छैन। भारत सरकारले अहिले नै मे ३ बाट प्रि–बुकिङ नगर्न एयरलाइन्सलाई भनेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .