ad ad

कारोबार


नेपाल एयरलाइन्सको कोरिया उडान रद्द

नेपाल एयरलाइन्सको कोरिया उडान रद्द

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ६:४३,

नेपाल एयरलाइन्सको दक्षिण कोरिया जाने उडान रद्द भएको छ। नेपाल एयरलाइन्सले अप्रिल ३० मा नेपाली कामदार लिएर दक्षिण कोरिया जाने तालिका रहेको थियो।

‘जहाजमा जाने सबै यात्रुको कोरोना संक्रमण स्वास्थ्य परिक्षण अनिवार्य रहेको छ’, वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘भोलिसम्म नसकिने भएकाले उडान रद्द भएको हो।’

उडान स्थगित भएको जहाज जानेबारे निश्चित नभएको र सबै यात्रुको परीक्षण रिपोर्ट आएपछि मात्रै उडान हुने खड्काको भनाइ छ।

कोरियन भाषा परीक्षा (ईपीएस) पास गरेका नेपाली कामदारलाई भित्रिन दिन कोरिया सहमत भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरु कोरिया जानसक्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .