ad ad

कारोबार


कामना सेवाको घरैमा बसी अनलाइन खाता खोल्ने सुविधा

कामना सेवाको घरैमा बसी अनलाइन खाता खोल्ने सुविधा

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १०:३५,

कामना सेवा बैंकले घरैमा बसेर अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै यही वैशाख १६ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो।

अब ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यालयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन। उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन्।

यसै गरी कामना सेवा विकास बैंकले बिक्रम संवत २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ। यस क्यालेन्डरमा बैंककै कमचारीहरुद्धारा खिचिएका तस्विरहरु प्रयोग गरिएको छ।

बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा डिजिटल माध्यमबाट अनलाइन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको बिमोचन गरेका थिए।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .