ad ad

कारोबार


लायन्स क्लबद्वारा अलपत्र नागरिकलाई खाने र बस्ने व्यवस्था

लायन्स क्लबद्वारा अलपत्र नागरिकलाई खाने र बस्ने व्यवस्था

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ७:२,

सामाजिक कार्य गर्दै आएको लायन्स क्लबले लकडाउनको बेला पनि अलपत्र नागरिकहरुलाई सहयोग गरिरहेको छ।

क्लबका विभिन्न च्याप्टरहरुले समन्वय गरी लकडाउनमा अलपत्र नागरिकलाई उद्धार गरिरहेका छन्।

लायन्स क्लब अफ गुलमोहरले २ हप्ताअघि पशुपति क्षेत्रमा अलपत्र नागरिकलाई पार्टी प्यालेसमा राखी खाना तथा बस्ने व्यवस्था गर्दै आएको छ।

उक्त क्षेत्रमा अलपत्र परेका ५३ जना नेपालीको उद्धार गरी सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा खाने, बस्ने व्यवस्था गरिएको क्लबले जनाएको छ।

लायन्स क्लब अफ गुलमोहरले उद्धार गरेका नागरिकलाई अन्य च्याप्टरले पनि सहयोग गरिरहेका छन्।

विभिन्न अप्ठ्यारोमा परेका नागरिकलाई उद्धार गरी खान खुवाउँदै आएकोमा खुसी व्यक्त गर्दै लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलले खाद्यान्न सहयोग गरेको प्रथम उपाध्यक्ष रोशन कुमार श्रेष्ठले बताए।

‘अलपत्र नागरिकलाई लायन्स साथीहरूबाट सहयोगी हात मिलाई तेल, दाल, नुनलगायत सामग्री प्रदान गर्न पाउँदा निक्कै खुसी लागेको छ’, श्रेष्ठले भने ।

उनका अनुसार युनाइटेड सेन्ट्रलले सनफ्लावर तेल १० कार्टुन, मसुरो दात तथा नुन सहयोग गरेको छ। करिब २४ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .