ad ad

कारोबार


ओप्पोको ग्लोबल मार्केटिङ प्रमुखमा लाई ल्यू नियुक्त

ओप्पोको ग्लोबल मार्केटिङ प्रमुखमा लाई ल्यू नियुक्त

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ८:५७,

स्मार्टफोन कम्पनी ओप्पोले ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिंगका रुपमा नियुक्त गरिएको घोषणा गरेको छ।

उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओप्पोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिपोर्टिंग गर्ने कम्पनीले जनाएको छ।

साथै, ब्रायम शेनले उनको वयक्तिगत स्वास्थ्यका कारण आफ्नो पदभारबाट डाउन स्टेप गर्ने जानकारी पनि दिइएको छ।

आईडीसीका अनुसार सन् २०१९मा ओप्पोको शिपमेन्ट वैश्विक रुपमा ११४.३ मिलियन पुगेको छ । यसका साथै, ८.३ प्रतिशत बजार हिस्साका साथमा ओप्पो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौँ स्थानमा रहन सफल रहेको छ । हाल ओप्पोको प्रमुख लक्ष्यका ग्लोबलाइजेसन हो।

ओप्पोका लागि वैश्विक बजारमा उपस्थिति उत्पादनको विक्रिका लागि मात्र नभइ संघटन÷एकीकरण तथा वैश्विक संसाधनको उपयोग गर्दै हरेक बजारमा आफ्नो प्रतिबद्धतालाई थप गहिराइ प्रदान गर्नु हो।

वैश्विक बजारमा ओप्पोको बृहत्त विकास संगै अझ सटिक वैश्विक तैनातीका लागि नयाँ रणनीति अपनाउनु आवश्यक छ । भविस्यमा ओप्पोले आफ्ना प्रमुख बजारहरुमा ग्लोकलाइजेसन क्षमतामा विस्तार गर्दै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट सेवा तथा उत्पादन उपलब्ध गराउनु रहनेछ।

सोही मितिदेखि ब्यक्तिगत स्वास्थ्य अवस्थाका कारण कम्पनीका ग्लोबल मार्केटिंगका निबर्तमान अध्यक्ष ब्रायन शिनले आफ्नो पदबाट स्टेप डाउन गरेको जानकारी पनि दिइएको छ ।

उनको साथ र सहयोगको कदर गर्दै चाँडै नै कम्पनीमा फर्किने आशा पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .