कारोबार

Tata MotorsTata Motors

लकडाउनले होटल व्यवसाय बन्द, अर्बौँको नोक्सानी


नेपालखबर
काठमाडौं, बैशाख १५

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको एक महिनाभन्दा बढी भइसकेको छ ।

यसले मानवीय क्षति हुनबाट देशलाई जोगाएको छ। तर अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ । देशका सबै क्षेत्रहरु ठप्प छन् । सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ । देशभर सञ्चालनमा रहेका होटलहरु पनि पूर्ण रुपमा बन्द छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि देश पूर्ण रुपमा लकडाउन भएपछि नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर परेको छ । पर्यटन क्षेत्रभित्र पनि होटल व्यवसायमा सबैभन्दा धेरै नोक्सानी भएको छ । नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टे लगायत अन्य होटलहरु पूर्ण रुपमा बन्द भएको छ ।

यसबाट होटल व्यवसायमा अर्बौको नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढ्ने खतरा समेत बढेको छ । खासगरी तारे होटल, होमस्टे एवं रिसोर्टहरुका ग्राहक पर्यटक हुन् । तर देश लकडाउनमा भएपछि सबै उडानहरु स्थागित भएको र मानिसहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अर्बौको नोक्सानी भएको छ ।

नेपालमा १५ भन्दा बढी पाँचतारे होटल, ८ वटा चारतारे होटल, ३७ वटा तीनतारे होटल, ४३ वटा दुईतारे, ३३ भन्दा बढी एकतारे होटल सञ्चालनमा रहेका छन् । यसबाहेक देशभर साढे दुइसय भन्दा बढी होमस्टे सञ्चालनमा छन भने पर्यटक स्तरका होटलहरु १ हजार १ सय भन्दा बढी सञ्चालनमा छन् । यी सबै होटलहरु अहिले बन्द रहेका छन् । जसका कारण होटल क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको छ ।

नेपालको होटल क्षेत्रमा बैंकहरुले समेत कर्जा लगानी गरेका छन् । व्यवसाय नै ठप्प भएपछि बैंकको किस्ता भुक्तानी गर्न समेत होटल व्यवसायीहरुलाई समस्या पर्ने देखिन्छ । होटलको अकुपेन्सी रेट शुन्य अवस्थामा आउँदा पनि अहिले सम्म होटल क्षेत्रको क्षतिको लागि सरकारले कुनैपनि प्याकेज ल्याएको छैन् । होटल व्यवसायीहरुले छोटो समयमा देखिएको यो संकटले अर्को दुई वर्षसम्म असर पार्न सक्ने बताउँदै आएका छन् ।

देश लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ । नेपालमा चिनियाँ, भारतीय, एवं युरोपियन पर्यटकहरु सबैभन्दा धेरै आउने गरेका छन् । कोरोना भाइरस महामारीका कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पनि स्थगित भइसकेको छ । पर्यटन वर्षमा धेरै पर्यटक ल्याउन ठूलो लगानी गरेका होटल व्यवसायीहरु होटल बन्द गरेर बस्नुपरेपछि अझ बढी समस्यामा छन् ।

सरकारले होटल क्षेत्रका लागि उचित समयमै उचित राहत दिन नसके खर्बाैं रुपैयाँ लगानी भएको होटल क्षेत्र बन्द हुने मात्र नभई नेपालको पर्यटन क्षेत्र नै बन्द हुने अवस्थामा पुग्ने छ । यसबाट देशले खर्बौंको आम्दानी गुमाउने मात्र नभई लाखौं नागरिको रोजगारी समेत गुम्ने छ ।

बैशाख १५, २०७७, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors