ad ad

कारोबार


राकुटेन भाइबरको प्रयोग ४ गुणाले बढ्यो

राकुटेन भाइबरको प्रयोग ४ गुणाले बढ्यो

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ७:०,

कोभिड–१९ को दौडान अग्रणी म्यासेजिङ्ग एवं कलिङ्ग एपको उपयोग सर्वाधिक धेरै भइरहँदा राकुटेन भाइबरको प्रयोग पनि चार गुणाले बढेको छ।

कम्पनीले विश्व महामारी कोभिड–१९ लाई लक्षित गर्दै यो परिस्थितिलाई ध्यान दिँदै नयाँ पहलकदमीहरु र मुख्य विशेषताहरुका साथ आफ्नोे क्षमतामा वृद्धि गरेको जनाएको छ। सोही कारण पनि एपको प्रयोग वृद्धि भएको कम्पनीको दाबी छ।

खास गरेर सामूहिक सन्देशहरु र कलहरुसहित सञ्चार माध्यममा देखिएको कम्पनीको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘सामूहिक सन्देशहरु प्रेषित १३४ प्रतिशत ज्यादा छन् र सामूहिक कलहरु प्राप्त गरेको संख्या हेर्दा बितेको २ हप्तामा सरदर भाइबर प्रयोगकर्ताहरुको संख्या ३७० प्रतिशतले बढेको देखिन्छ।’

यस्तै समुदाय संलग्नताको सालाखाला संख्यामा पनि ७८ प्रतिशतले वृद्धि भएको, नेपालमा सामूहिक कलहरु यसअघिको तुलनामा ४ गुणा बढी गरिएको र समुदाय भ्यूजको संख्या पनि ६६ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ। उक्त एपले अडियो कलमा एकपटकमा सहभागी हुन सक्नेहरुको संख्यामा समेत वृद्धि गरेर ५ बाट २० पु¥याएको छ।

यसैगरी सम्बन्धित आधिकारिक निकायहरुसँगको समन्वयमा भाइबरले विभिन्न मुलुकहरुमा विशेष सञ्चार सूचना पनि पेश गरेको छ जहाँ प्रयोगकर्ताहरुले यस महामारीको बारेमा सही र आधिकारिक एवं विश्वासिलो जानकारी प्राप्तगर्न सक्नेछन्। नेपालमा भाइबरले “एमओएचपि नेपालकोभिड–१९” नामक भाइबर समुदाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग मिलेर प्रस्तुत गरेको छ।

यसबाट २ लाख ६६ हजारभन्दा धेरै यसका सदस्यहरुलाई कोरोनाभाइरसको सम्बन्धमा मूल्यवान् एवं प्रमाणित सूचना प्रवाह गर्न सकिएको छ।

कम्पनीका सीईओ जमेल अगाउवाले भने, “यो चुनौतीपूर्ण समयमा, हामीले साथीभाइहरु र परिवारहरु, विद्यार्थीहरु र शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु र साझेदारहरुबीच एकअर्कामा निरन्तर सम्पर्क गराइराख्न समेत आवश्यक पहलहरु चलाइरहेका छौं। हाम्रा प्रयोगकर्ताहरुले हामीमाथि भरोसा गर्नुहुन्छ र हामी उहाँहरुको अनुभवलाई निरन्तर बढाउँदै लग्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .