ad ad

कारोबार


कोरोना संक्रमणले वस्तुको मूल्य बढ्यो, खाद्य र पेय पदार्थको मूल्य सबैभन्दा उच्च

कोरोना संक्रमणले वस्तुको मूल्य बढ्यो, खाद्य र पेय पदार्थको मूल्य सबैभन्दा उच्च

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ११:२०,

कोरोना संकमणको कारण उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ। चैत मसान्तसम्म नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार  वस्तुको मूल्य ६ दशमलव ७४ प्रतिशतले बढेको हो।

गत वर्षको यही अवधिमा वस्तुको मूल्यवृद्धि दर ४ दशमलव ४३ प्रतिशत कायम थियो।

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ६९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ४८ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७६÷७७ को नौ महिनासम्म औसत मुद्रास्फीति ६ दशमलव ५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४दशमलव २ प्रतिशत रहेको थियो। फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६ दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ९७ प्रतिशत रहेको थियो।

२०७६ फागुनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७ दशमलव ५१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १० दशमलव ०१ प्रतिशतले वढेको थियो।

फागनु महिनामा तलब सूचकाङ्क १३ दशमलव५५ प्रतिशत र ज्यालादर सूचकाङ्क ५ दशमलव८९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .