ad ad

कारोबार


बर्जर पेन्ट्स नेपालले पेन्टरहरुलाई नगद सहयोग गर्ने

बर्जर पेन्ट्स नेपालले पेन्टरहरुलाई नगद सहयोग गर्ने

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १०:१७,

बर्जर पेन्ट्स नेपालले कम्पनीको ‘सम्बन्ध’ योजनामा आबद्ध पेन्ट ठेकेदारहरु र पेन्टरहरुमा पर्न गएको आर्थिक दबाबको असरलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ सहयोगी हात बढाएको छ।

बर्जर नेपालले प्रोत्साहनस्वरुप योजनामा उल्लिखित जिन्सी पुरस्कारको सट्टामा आबद्ध पेन्टरहरुको बैंक खातामा सिधै रकम जम्मा गरिदिएर सहायताको पहल सुरु गरेको छ।

यस प्रकारको तत्काल वित्तीय सहायताले पेन्टर समाजलाई अहिले आइपरेको कठिन घडीमा उनीहरुको घरायसी खर्चहरुको आर्थिक व्यवस्थापन गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ।

बर्जर पेन्ट्स नेपालले यो पहलअन्तर्गत १२ सयभन्दा बढी पेन्टरहरुलाई रकम प्रदान गर्ने लक्ष्य लिएकोे छ। पहिलो चरणमा हालसम्म ३ सयभन्दा बढी पेन्टरहरु लाभान्वित भइसकेका छन् र उनीहरुको बंैक खातामा ३ करोड २५ लाख रुपैयाँ उपलब्ध गराइसकिएको छ।

यो बर्जर पेन्ट्ससँग आबद्ध असंगठित क्षेत्रमा काम गर्ने मानिसहरु प्रति कम्पनीद्वारा प्रदर्शित मानवता र असाधारण सहायताको एक उदाहरण भएको कम्पनीले जनाएको छ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री मेनेजर सैवाल घोषले पेन्टिङ्ग ठेकेदारहरु सदैव बर्जर पेन्ट्स परिवारको एक अभिन्न अंग रहँदै आएको उल्लेख गर्दै विपत्तिको समयमा एक अर्कालाई सहयोग गर्नु जरुरी रहेको बताए।

उनले भने, ‘हामी हाम्रा पेन्टर समाजमा अहिलेको सँकटग्रस्त समयमा आर्थिक रुपमा सबल बन्न मद्दत गर्ने तथा यो समुदायलाई अधिक सहजता दिलाउने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .