कारोबार


भोलि अपराह्नसम्म एनएमबी बैंकको कार्ड सेवा अवरुद्ध

भोलि अपराह्नसम्म एनएमबी बैंकको कार्ड सेवा अवरुद्ध

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १२:४६, काठमाडौँ

एनएमबी बैंकको कार्ड सेवा २० घण्टासम्म अवरुद्ध हुने भएको छ। 

बैंकले आफ्नो कार्ड स्विच पूर्वाधार अपडेट गर्न शुक्रबार राति ८ बजेदेखि शनिबार दिउँसो ४ बजेसम्म अस्थायी रुपमा कार्ड सेवा अवरुद्ध गर्न लागेको जानकारी दिएको हो।

यसबाट बैंकको भिसा कार्ड, एटीएम, पीओएस र ईकमर्स सेवा अवरुद्ध हुनेछ। 

यस अवधिमा बैंकको कार्डमार्फत हुने ट्रान्ज्याक्सन पूर्ण रुपमा निष्क्रिय हुने बैंकले जनाएको छ। 

निर्धारित डाउनटाइमभन्दा अघि जरुरी कारोबार गर्न र सुविधाका लागि मोबाइल बैंकिङलगायत वैकल्पिक भुक्तानी विधि अपनाउन बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad