ad ad

कारोबार


कालोबजारी गर्ने एउटा पसललाई दुई लाख, तीनवटालाई ५० हजार जरिवाना

कालोबजारी गर्ने एउटा पसललाई दुई लाख, तीनवटालाई ५० हजार जरिवाना

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १५:२९,

बन्दाबन्दीका समयमा बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने चार पसललाई कारवाहीस्वरुप आज जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बजार अनुगमनका क्रममा लपु, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरिएको जनाएको छ।

आयोडिन नुन बढी मूल्यमा बिक्री गरेको पाइएकाले सो पसललाई जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार काठमाडौं, ज्ञानेश्वरस्थित राजेन्द्र मिट सपमा मूल्यसूची नभएकाले रु पचास हजार जरिवाना गरिएको छ। त्यस्तै इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसललाई मूल्यसूची नभएवापत रु ५०÷५० हजार जरिवाना गरिएको छ।

इमाडोलको बाबुलाल फलफूल तथा तरकारी पसलबाट रु पाँच हजार आठ सय मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामान तत्काल नष्ट गर्न वा सम्बन्धित निकायमा फिर्ता गर्न लगाइएको उनले जानकारी दिए। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .