ad ad

कारोबार


दैनिक उपभोग्य वस्तु लिएर एकै दिन काठमाडौं आइपुगे ४३ ट्रक

दैनिक उपभोग्य वस्तु लिएर एकै दिन काठमाडौं आइपुगे ४३ ट्रक

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ३:२७,

खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु लिएर एकै दिन ३ सय ४३ ट्रक काठमाडौं भित्रिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार तरकारी बोकेका १ सय ३१, चामल बोकेका ५५, दूध बाकेका २४, कुखुरा बोकेका २१ ट्रक बुधबार उपत्यका भित्रिएका हुन्।

यसैगरी औषधि बोकेका २०, फलफूल बोकेका १८, घिउ/तेल र अन्डा बोकेका १३/१३, मैदा बोकेका ७ ट्रक नेपाल आइपुगेका हुन्।

त्यस्तै मकै बेकेका ६, दाल बेकेका ५, गहुँ र डिजल बेकेका ४/४, अक्सिजन तथा चिनी बेकेका दुई, नुन र पेट्रोल एक/एक गरी ३ सय ४३ वटा ट्रक काठमाडौं आइपुगेको आपूर्ति मन्त्रालयले जनाएको छ ।

लकडाउन सुरु भएपछिका २९ दिनमा ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न, २४ हजार दुई सय १८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, १० हजार आठ सय १८ मेट्रिक टन फलफुल र १० हजार ९ सय ९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .