ad ad

कारोबार


एनआईसी एशिया बैंकका ग्राहकलाई आमाको मुख हेर्ने दिनमा विशेष अफर

एनआईसी एशिया बैंकका ग्राहकलाई आमाको मुख हेर्ने दिनमा विशेष अफर

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १३:४३,

एन आई सी एशिया बैंकले आमाको मुख हेर्ने दिनमा आफ्ना ग्राहकका लगि विशेष अफर ल्याएको छ।

बैंकका ग्राहकलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने भएको छ।

फुडमाण्डु, ज्यापु मार्केट प्यालेस तथा युजी केक्समार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ। लकडाउनको समयमा ग्राहकलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ।

बैंकले लकडाउन आवधिभर दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना, फुडमाण्डु तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा समेत खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने योजना लागू गरिरहेको छ। यसका साथै, यस बैैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .