ad ad

कारोबार


अस्ट्रेलिया लकडाउन हुँदा ७ लाख ८० हजारले रोजगारी गुमाए

अस्ट्रेलिया लकडाउन हुँदा ७ लाख ८० हजारले रोजगारी गुमाए

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ८:३५,

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपपछि अस्ट्रेलिया लकडाउन हुँदा ७ लाख ८० हजारले रोजगारी गुमाएका छन्।

अस्ट्रेलिया सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार गत मार्च १४ देखि अप्रिल ४ सम्मको अवधिसम्म अस्ट्रेलियामा पुरा रोजगार गरिरहेका मानिसमध्ये ६ प्रतिशतको जागिर गुमेको छ।

अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार फेब्रुअरी २० सम्ममा अस्ट्रेलियामा १ करोड ३० लाख मानिस रोजगार थिए।

तर कोरोनाको त्रासपछि व्यापार र व्यवासाय ठप्प भएपछि त्यहाँ ७ लाख ८० हजार बेरोजगार हुन पुगे।

२० वर्ष मुनीका मानिसहरु धेरै जागिरबाट निकालिएको बताइएको छ। भिक्टोरिया र तास्मनीया क्षेत्रमा धेरै रोजगार कटौती भएको विभागको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .