ad ad

कारोबार


विश्वव्यापी लकडाउनले इतिहासमै पहिलोपटक अमेरिकी तेलको मूल्य शून्यभन्दा तल

विश्वव्यापी लकडाउनले इतिहासमै पहिलोपटक अमेरिकी तेलको मूल्य शून्यभन्दा तल

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ३:७,

कोरोना भाइरस महामारीका कारण इतिहासमै पहिलोपटक अमेरिकी तेलको मूल्य शून्यभन्दा पनि तल ऋणात्मक हुने गरी घटेको छ।

यसको अर्थ तेल उत्पादक कम्पनीले आफ्नो उत्पादन लिइदिन अनुराेध गर्दै क्रेतालाई उल्टै पैसा दिइरहेकाे बीबीसीले जनाएकाे छ।

विश्वव्यापी लकडाउनका कारण मानिस घरभित्रै सीमित भएपछि तेलको माग ह्वात्तै घटेकाले तेल उत्पादक कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्न अहिले धमाधम ट्याङ्कर भाडामा लिन थालेका छन्।

जसका कारण अमेरिकी तेलको मूल्यमा नकारात्मक प्रभाव परेको हो। तेल उत्पादकले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले तेल लिइदिन भनी खरिदकर्ताहरूलाई उल्टै रकम दिइरहेका हुन्।

बीबीसीका अनुसार अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अर्थात् –३७.६३ अमेरिकी डलरमा झरेको छ। 

सोमबार तेलको मूल्यमा यस्ताे गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका रहेको बीबीसीले जनाएको छ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ। त्यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .