ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा राहत कोषमा एक करोड दुई लाख प्रदान

एभरेष्ट बैंकद्वारा राहत कोषमा एक करोड दुई लाख प्रदान

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १४:३६,

एभरेष्ट बैंक लिमिटेडले कोविड १९ (कोरोना) राहत कोषको लागि आफूले प्रतिबद्ध गरेको रकम हस्तान्तरण गरेको छ। बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सबै सात प्रदेशका प्रत्येक प्रदेश सरकारहरुलाई रु. ६ लाख प्रदान गर्नुका साथै केन्द्रीय सरकारलाई रु. ६० लाख प्रदान गरेको छ।

कोषको रकम लक्ष्मण अर्याल, सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आशुतोष शर्मा, सहायक महाप्रबन्धक तथा अन्य एभरेष्ट बैंकका प्रतिनिधिहरूद्वारा हस्तान्तरण गरिएको थियो।

कोषको रकम बाहेक, बैंकले हाल चलिरहेको महामारी विरुद्ध लड्नको लागि अरु विभिन्न संघ(संस्थाहरुलाई पनि सहयोग गर्दै आइरहेको छ। यसका साथै, बैंकले यस महामारीको सुरुवती चरण देखि नै आफ्नो विभिन्न शाखाहरुमा भ्रमण गर्ने सम्पूर्ण ग्राहकहरुको सुरक्षामा उच्च ध्यान दिँदै आइरहेको जनाएको छ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन्। एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो। यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्यांकन गरिएको बैंकको रुपमा चयन भएको छ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व संकलन काउन्टरहरु र १०३ स्थानमा एटीएम रहेका छन्। आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .