ad ad

कारोबार


फागुनसम्मको विदशी मुद्रा संचिती ११ खर्ब ३६ अर्ब

फागुनसम्मको विदशी मुद्रा संचिती ११ खर्ब ३६ अर्ब

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १३:५०,

फागुन मसान्तसम्मा ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचिती रहेको राष्ट्र बैंकले बताएको छ। सोमबार राष्ट्र बैंकले फागुनसम्मको विवरण सार्वजनिक गर्दै २०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिती ९.४ प्रतिशतले बृद्धि भएको जानकारी दिएको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिती २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ फागुन मसान्तमा ९ अर्ब ६० करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७६ असार मसान्तमा रु.९खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ फागुन मसान्तमा ९ खर्ब ८३ अर्ब ५५ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ फागुन मसान्तमा १ खर्ब ५२ अर्ब ९६ करोड पुगेको छ।

२०७६ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७६÷७७ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितीको कुल ग्रार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ७३.१ प्रतिशत र २९.६ प्रतिशत रहेका छन्। २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

कोरोना संक्रमण अघिको रेमिट्यान्स आप्रवाह ५ खर्ब ९२ अर्ब
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्त सम्मको विवरणमा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भएको देखाइएको छ। फागुन मसान्तसम्ममा ५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको जनाएको जानाकारी दिएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो। यो अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ७१ अर्ब ८९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .