कारोबार

Tata MotorsTata Motors

आन्तरिक उडान खुलाउन गृहकार्य सुरु

लकडाउनका कारण सुनसान विमानस्थल


नेपालखबर
काठमाडौं, बैशाख ८

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ।

वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताए।

भारतसँग खुला सीमानाका जोडिएकाले संक्रमणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुचारु कहिले गर्ने भन्ने विषय निक्र्यौल गर्ने उनले बताए।

उनले भने, ‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ। संक्रमितको संख्या, छिमेकी मुलुकको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने/नखोल्ने निर्णय गर्छौँ। हतारिएका छैनौँ। मुख्य कुरा कोरोना भाइरस नियन्त्रण गर्ने हो।’

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो। अहिले आन्तरिक उडान पनि सोही समयसम्मका लागि बन्द गरिएका छन्।

Bidhlabmobile bidhlab
बैशाख ८, २०७७, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors