ad ad

कारोबार


अलपत्र मजदुरलाई घर पुुर्‍याउन सवारी पासको व्यवस्था मिलाउन महासंघको आग्रह

अलपत्र मजदुरलाई घर पुुर्‍याउन सवारी पासको व्यवस्था मिलाउन महासंघको आग्रह

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १०:२७,

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका मजदुरलाई घरसम्म पुुर्‍याउन सवारी पासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी महासंघले ‘कोरोना भाइरस नियन्त्रणका लागि लागू भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठुलो असर पर्न गएको छ’ विज्ञप्तिमा भनिएको छ।

महासंघले भनेको छ, ‘लाखौं यातायात मजदुरहरु बेरोजगार हुन गएको, उनीहरुलाई रोजीरोटीको ठुलो समस्या भएको र राजमार्गमा हजारौं यात्रु, मजदुरहरुको विचल्ली भइ ठुलो समस्या भएकोले उनीहरुलाई घरसम्म पुुर्‍याउन नेपाल सरकारले यो महासंघलाई सवारी पास र आवश्यक सुविधा उपलब्ध गराएमा यात्रु तथा यात्रु मजदुर हितको लागि हामी नेपाल सरकारलाई सहयाग गर्न तयार रहेको ब्यहोरा जानकारी गराउँदछौं।’

यस्तै, महासंघले आगामी असारसम्मको कर, राजश्व र बैंक कर्जा ब्याज मिनाहा गरी ६ महिनाको कर्जा किस्ता सारी थप गर्न र समग्र यातायत क्षेत्रको हक हित र संरक्षणका लागि ‘सार्वजनिक यातायात संरक्षण आयोग’ गठन गर्न माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .