ad ad

कारोबार


कोरोनाविरुद्ध लड्न हुवावेले आफ्ना एआई प्रविधिहरु उपलब्ध गराउने

कोरोनाविरुद्ध लड्न हुवावेले आफ्ना एआई प्रविधिहरु उपलब्ध गराउने

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ७:२३,

चिनियाँ टेलिकम जायन्ट हुवावेले कोभिड १९को महामारीविरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई), भिडियो कन्फ्रेन्सिङ, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरु एसिया प्रशान्त क्षेत्रका देशहरुलाई उपलब्ध गराउने भएको छ।

हुवावेले यसको लागि इण्डोनेसिया, मलेसिया, थाइल्याण्ड र बंगलादेश तथा अन्य देशहरुसँग सहकार्य गरेको छ। सहकार्यअन्तर्गत हुवावेले संचार चुनौतीहरु, कनेक्टिभिटीको सुनिश्चितता र आविश्कारिक प्रविधिहरुको साथमा अत्यावश्यक सेवाहरुको लागि कोभिड–१९ महामारीको अवधिमा सम्बोधन गर्नेछ।

कम्पनीका अनुसार हुवावे टेलिमेडिसिन प्राक्टिस कोरोनाभाइरसविरुद्ध लड्न चार महत्वपूर्ण विषयहरुमा आधारित रहेको प्रयोग गर्न सकिनेछः जसमा लाइभ भिडियो स्ट्रिमिङ, रिमोट कोल्याबरेसन, रिमोट डाइग्नोसिस र रिमोट प्रोटेक्सन छन्, यी सबै एसिया प्यासिफिक देशहरुमा प्रत्यक्ष परिदृश्य हुन्।

हुवावेको टेलिमेडिसिन भिडियो कन्फ्रेन्स सलुसन थाइल्याण्डको अस्पतालहरुमा जडान गरिएको कम्पनीले जानकारी दिएको छ।फिलिपिन्सको बागुई ओजनरल हस्पीटल एण्ड मेडिकल सेन्टरमा हुवावेको एआईमा आधारित सिटी स्क्रीनिङ जडान गरिएको छ।

हुवावेका अनुसार बंगलादेशको मिनिस्ट्री अफ हेल्थ एण्ड फ्यामिली वेलफेयर र डाईरेक्टोरेट जनरल अफ हेल्थ एण्ड सर्भिसेजले हुवावेको भिडियो कन्फ्रेन्स सिस्टमहरु प्रयोग गरिरहेको छ। सिंगापुरमा भने हुवावेको क्लाउड सलुसन प्रयोग गरिएको कम्पनीले उल्लेख गरेको छ।

ह्वावे क्लाउडको एन्टिकोभिड१९ पार्टनर प्रोग्रामअन्तरग सहभागी हुुनेहरुले ३० हजार अमेरिकी डलरबराबरको निस्शुल्क क्लाउड स्रोतहरुको प्रयोग गर्न पाउने कम्पनीले जानकारी दियो।

हुवावे क्लाउडअन्तर्गत नै इ–हेल्थ समेत उपलब्ध गराएको छ भने इन्टरप्राइज सलुसनमा भने कम्पनीले महामारीको प्रकोपमा रहेका देशहरुका व्यवसायहरुलाई सहयोग गर्ने बताएको छ।

यस अतिरिक्त ह्वावेले यूनेस्को आईआईटिई र यूनेस्को आईसीएचईआईसँग सहकार्य गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .