ad ad

कारोबार


सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र एउटा साबुन सित्तैमा

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र एउटा साबुन सित्तैमा

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ६:३६,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले इ-कमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत पेलेस एपको कुपन सेक्सनको खेती फुडबाट सामग्री खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्कर १ थान साबुन निस्शुल्क पाउने कम्पनीले जनाएको छ।

हाल विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नको लागि यसले सहयोग गर्ने कम्पनीको विश्वास छ।

लकडाउनको यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमति प्राप्त गरेको छ। यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ।

कम्पनीले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि पेलेस एपको कुपन सेक्सनको खेती फुडबाट सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाइल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाटअग्रिम भुक्तानी गर्न सक्नेछन्।

साथै कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्यधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतसेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउनेछ। जसको लागि सेलपेको ग्राहकहरुले पेलेस एपको कुपन सेक्सनको खेती फुडबाट सामग्रीको खरिद गर्दा सेलपे एपमार्फत अग्रिम भुक्तानी गरेमा १० थान मास्क र १ थान साबुन निस्शुल्क पाउनेछन् ।

सेलपेबाट वास्तविक समयमा भुक्तानी, विना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयल्टी पोइन्टस पाइने कम्पनीको भनाइ छ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .