ad ad

कारोबार


शुल्क नतिरे पनि लकडाउन अवधिभर इन्टरनेटको लाइन नकाट्न प्राधिकरणको निर्देशन

शुल्क नतिरे पनि लकडाउन अवधिभर इन्टरनेटको लाइन नकाट्न प्राधिकरणको निर्देशन

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १०:३७,

लकडाउन अवधिभर शुल्क नतिरे पनि इनटरनेटको लाइन नकाट्न दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गरेको छ।

‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्ने भएकाले लाइन नकाट्न निर्देशन दिएको हो।

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको हो।

भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणल सेवा प्रदायकलाई निर्देशन दिएको हो।

वर्ल्डलिंकले पछिल्लो समय लकडाउन अवधिमा पैसा सिद्धिने ग्राहकको लाइन काट्न थालेको थियो। ग्राहकहरुले लकडाउनमा बाहिर निस्किन सम्भव नभए पनि वर्ल्डलिंकले आफ्नो शाखामा आएरै भए पनि पैसा तिर्नुपर्ने अडान राख्दै आएको थियो।

सोही कारण ग्राहकहरु इन्टरनेट पहुँचबाट बाहिरिनथालेपछि प्राधिकरणले पैसा सकिए पनि सेवा सुचारु गर्न कम्पनीहरुलाई निर्देशन जारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .