कारोबार

Tata MotorsTata Motors

आईएमएफबाट पाकिस्तानले १ अर्ब ३० करोड डलरको वित्तीय सहायता पाउने


नेपालखबर
काठमाडौं, बैशाख ५

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपत्कालीन सहायतालाई अनुमोदन गरेको छ ।

कोषद्वारा जारी विज्ञप्तिमा कोरोनाभाइरसको महामारीको प्रकोपका कारण सिर्जित भुक्तानी सन्तुलनको समस्या हटाउन कोषको कार्यकारी बोर्डले पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको उल्लेख छ। कोरोनाभाइरस महामारीका कारण पाकिस्तानको अर्थतन्त्र चालू आर्थिक वर्षमा १.५ प्रतिशतले संकुचित हुन सक्ने अनुमान गरिएको छ।

कोषको विज्ञप्तिमा भनिएको छ, ‘कोविड–१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा ठूलै असर सिर्जना गर्दै छ। विश्वव्यापी मन्दीको साथसाथै पाकिस्तान सरकारले अवलम्बन गरेका रोकथामका उपायहरूले अर्थतन्त्रको वृद्धिमा गम्भीर दूस्परिणाम निम्त्याएको र बाह्य भुक्तानी सन्तुलनमा तनावको वातावरण सिर्जना गरेको छ। यसले भुक्तानीको सन्तुलनका लागि तत्काल आर्थिक सहायता जरुरी भएको देखिएको छ।’

कोभिड–१९ महामारी आउनुअघि नै पाकिस्तान सरकारले कोषसँग भुक्तानी सन्तुलनमा सिर्जित समस्या सुल्झाउन ठूलो आर्थिक सहायताको माग गरिरहेको थियो। पाकिस्तानमा आर्थिक सुधारका कार्यहरुको कोषद्वारा विज्ञ सम्मिलित स्थलगत अध्ययन गरिए पनि कोषद्वारा अघि सारिएका कतिपय शर्तहरुमा पाकिस्तान सरकार सहमत हुन सकेको थिएन।

अध्ययनहरुले कोभिड–१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा गम्भीर असर पार्न लागेको देखाएका छन्। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ७ हजारभन्दा बढी भइसकेको छ भने १३४ जनाको ज्यान गएको छ।

पाकिस्तान सरकारले १२ खर्ब पाकिस्तानी रुपैयाँको एक राहत प्याकेज मार्च २४ मा घोषणा गरेको छ।

Bidhlabmobile bidhlab
बैशाख ५, २०७७, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors