ad ad

कारोबार


भाटभटेनीका ६ आउटलेट खुल्लाः एकपटकमा १० जना मात्रै प्रवेश गर्न पाउने

भाटभटेनीका ६ आउटलेट खुल्लाः एकपटकमा १० जना मात्रै प्रवेश गर्न पाउने

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ७:२१,

शुक्रबारदेखि भाटभटेनी सुपरमार्केटले उपत्यकाका ६ स्थानका आउटलेट खोलेको छ। कम्पनीले बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुल्ला हुने बताएको छ।

कम्पनीले कलंकी, पुल्चोक, महाराजगञ्ज, कोटेश्वर, टंगाल र भक्तपुर आउटलेट खुल्ला गरेको जानकारी दिएको हो।

भाटभाटेनी सुपरमार्केटका अनुसार कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि कम्पनीले १ पटकमा १० जनालाई मात्र मार्केटमा प्रवेश दिने बताएको छ।

कम्पनीले ग्राहकलाई खरिद गर्ने सामग्रीको सूची तयार गरी आउन भनेको छ। सकेसम्म थोरै समयमा सामान खरिद गर्न पनि कम्पनीले आग्रह गरेको छ।

प्रवेशअघि ग्राहकको ज्वरो परीक्षण गरिने र ह्याण्ड सेनिटाइजर प्रयोग गरेपछि मात्र सुपरमार्केटमा प्रवेश गराइने कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना ग्राहकलाई आफूलाई पायक पर्ने स्थानमा गएर सामग्री खरिद गर्न आग्रह गरेको छ।

सुपरमार्केटभित्र २० मिनेटभन्दा बढी नबस्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .